बाढीपीडितद्धारा सरकारको राजिनामा माग

२०७० असार ६ गते, बिहीबार

दार्चुला, ६ असार । अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको टोलीले स्थलगत भ्रमण गरेपछि दार्चुलालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै ५० करोड रकम राहत उपलब्ध गराउने घोषणा गरेको छ ।आज बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि रेग्मीले पत्रकार सम्मेलन गर्दै राहातको घोषणा गरेका हुन् । रेग्मीले तत्काल प्रत्येक परिवारलाई ३५ हजार राहत दिने र क्षतिभएको भौतिक पूर्वाधारको निमार्णको लागी ५० करोड रकम दिने घोषणा गरेका छन् ।तर, मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले दार्चुला सदरमुकाम खलंगामा राहत घोषणा गरिरहँदा पीडितले भने सरकारविरुद्ध नाराबाजी गर्दै राजिनामाको माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]