माओवादीको पोलिटव्युरो बैठक जारी
काठमाडौं, ८ असार । नेकपा–माओवादीको पोलिटव्युरो बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा मध्याह्न १२ बजेपछि बस्दैछ । सरकारले आगामी मंसिर ४ गते संविधानसभा निर्वाचन गर्ने घोषणा गरेपछि माओवादी भावी रणनीति तय गर्न छलफलमा जुटेको हो ।
आज बस्ने बैठकले असार १५ गतेदेखि पोखरामा बस्ने केन्द्रीय समितिको बैठकका विषयसूची तयगर्ने पोलिटब्युरो सदस्य प्रकाण्डले बताए । बैठकमा प्रतिगमनबाट बनेको र प्रतिगमंनकारीबाट निर्देशित सरकारविरुद्ध आन्दोलनको नयाँ कार्यक्रमबारे समेत छलफल हुने उनले बताएका छन् ।