भेरी-कर्णाली राज्य सौताने आमापट्टकिो जस्तो देखिन्छ -पारशमणी, इन्चार्ज- भेरी-कर्णाली राज्य समिति, नेकपा-माओवादी

२०७० असार ८ गते, शनिबार

० पश्चिम नेपालमा हालै भएको प्राकृतिक विपत्ति बाढी पहिरोद्वारा वितण्डा मच्चाएको खबर आएको छ, त्यसले के-कति क्षति पुर्याएको छ –
हो हाम्रो पश्चिम क्षेत्र दार्चुलामा निकै क्षति पुर्याएको देखिन्छ । दार्चुलाको ब्रमदेव, खलंगा, धाम, दन्त र रुकृ गा.वि.स.मा ११० घर धुरी बगाएको छ, ३ हजार बढी मानिसहरु विस्थापित भएका छन्, अन्य धनसम्पत्तिको त कुरै छोडौँ । हाम्रो भेरी कर्णाली राज्य भित्रको सबै लामाबगरमा आएको बाढीले धेरै धनजनको क्षति पुर्याएको छ । हाम्रो पार्टी जिल्ला समिति सदस्य क. मनबहादुर शाही, जि.वि.स.मा कार्यरत ओभरसियरहरु कृष्ण न्यौपाने, टक्क बम, सत्यबहादुर शाही, कवरा शाही, निजका ३ भाइ छोराका दुइ छोरी, कला थापा, चन्चला शाहीलगायत १५ जनाको मृत्यु भएको छ । बिद्युत्, पुल, दजैनौँ घर, पसल गरेर लाखौँको क्षति भएको छ । यस्तै दैलेख मालिका कुमालडाँडामा गएको पहिरोबाट मोहनकुमाल निजकी श्रीमती तुलसा, छोरा गणेश, खगेन्द्र, छोरीहरु कृष्ण र गिता गरेर एकै परिवारका ७ जना, हुम्लामा ४ जना, डोल्पामा १ जनाको मृत्यु भएको छ भने जुम्लामा २ जना बेपत्ता भएका छन् । यसरी नै कैलाली, कन्चनपुर, डडेल्धुरा, बर्दिया, बैतडी, जाजरकोट आदि जिल्लाहरुमा पनि प्राकृतिक विपत्तिले धनजनको क्षति पुर्याएको छ ।
० राज्यको तर्फाट कत्तिको सहयोग भएको छ –
तपाईंहरुले सुनी सक्नु भएको छ । दर्ुघटना भएको ४ दिनसम्म राज्यले कानमा तेल हालेर बस्यो । अस्ति मात्र क्षतिपूर्तिका नाममा केही रकम, केही बोरा चामल, केही पोका नुन र तेल लिएर दार्चुला पुगेछन् । त्यहाँका जनताले त्यो सामान लिन पूरै इन्कार गरे । फेरि थप गरेर आएको खबर छ । भेरी-कर्णालीका जिल्लातिर त क्षतिपूर्तिको कुरा त परै जावस् । राज्यको तर्फाट त्यहाँका जनताप्रति सहानुभूतिसम्म देखाउन सकेन । राज्य संचालन गर्ने ठूला मान्छेहरु एउटाको औषधी खर्चको नाममा पचासौँ लाख छुट्याउँछन् तर दर्जनौँ मान्छे मर्दा हजारौँ जनता विस्थापित हुँदा पनि चालमेल कतै केही छैन ।
० बाढी पहिरो आउनुमा राज्यको के दोष ?
बाढी पहिरो आउनुमा राज्यको दोषको कुरा होइन । तर, बाढी पहिरो आउनुमा तटबन्धद्वारा रोकथाम गर्न सकिन्छ । घटना दुर्घटनापछि राज्यको उपस्थिति, आवश्यक भौतिक सहयोग अरु केही नभए पनि साहानुभूति त हुन सक्छ । कानमा तेल हालेर चुपचाप बस्नुलाई के भन्ने – परार साल झाडापखाला भएको समयमा पनि यस्तै भएको थियो । दर्ुगम ठाउँ, कमजोर आर्थिक अवस्था, विकास निर्माणमा न्यूनता, जोखिमयुक्त भूबनोट भएको ठाउँमा राज्यले झन् राम्रोसँग ध्यान दिनुभन्दा अकै देशका नागरिक हुन भन्ने सोच पालेर बसेको जस्तो लाग्छ ।
० तपाईंको पार्टी नेकपा-माओवादीले राहतको लागि के पहल गरेको छ ?
हामीले राहतको लागि आवाज त उठाएका छौँ । वर्तमान राज्य सत्ता नेकपा-माओवादी भन्ने वितिकै तर्सिन्छ । कतैबाट निर्देशित चार दल, चार दल नियन्त्रित खिलराजको निर्दलीय सरकार भएकाले भागवन्डाकै तानातानमा व्यस्त छ । झाडापखाला लागेका मान्छेहरुको राहतका लागि उठाएको सम्पूण् रकम पीडित पक्षसम्म पुग्न पाएन । राहतका लागि जति उठाए पनि आधा मात्र सम्वन्धित ठाउँमा पुग्छ । आधा भाग हर्ताकर्ता पहलकर्ता कै पालनपोषणमा खर्च हुन्छ ।
० भेरी-कर्णालीका लागि दीघकालीन हल हुने उपायहरु के छन् ?
तत्काल बाढी पहिरोका पीडितहरुलाई उचित राहतको व्यवस्था हुनु पर्छ । त्यसपछि जोखिमपूण् ठाउँहरुमा बाढी तथा पहिरो नियन्त्रणका लागि तटबन्धको ब्यवस्था गर्नुपर्छ । जसले दीघकालीन रुपमा सकरात्मक असर पारोस् । राज्यद्वारा जसलाई पिछडिएको क्षेत्रको रुपमा परिभाषित गरेको छ, । त्यही क्षेत्रमा कहिले झाडापखाला, कहिले बाढी पहिरो, कहिले सुख्खा खडेरी भएर सताउने गर्छ । त्यसको हल भनेको परिभाषा अनुरुप राज्यले रकम छुट्याउने र त्यो जस्ताको तस्तै लक्षित वर्गसम्म पुर्याउने काम मात्र गरे अहिले पुग्छ होला ।
० अब कुरा बदलौँ , सरकारले संविधानसभा २ निर्वाचनको मिति घोषण गरिसकेको छ । तपाईंको पार्टीले निर्वाचनमा भाग लिने वा नलिने कुनै टुङ्गो लगाएको छैन । यसबारे केही बताइदिनु हुन्छ कि ?
पहिलो कुरा चैत्र १ गते चार दलले गरेको ११ बुँद्धे सहमति, राष्पतिले गरेको २५ बुँद्धे बाधा अड्काउ फुकाउ भन्ने नामको अन्तरिम संविधानको विकृतिकरणको आदेश, श्रीमान्को नेतृत्वमा बनेको निर्दलीय सरकारको खारजी गर्नु पर्यो । त्यसपछि त निर्वाचनमा जाने नजाने कुराको टुङगो लागिहाल्छ नि । समस्या जता अड्किएको छ त्यो फुकाउँदा समाधान निक्ली हाल्छ । हाम्रो पार्टी केन्द्रीय समितीको बैठक यही १५ गतेदेखि बस्दैछ । त्यसले कुनै न कुनै निर्ण लिनेछ ।
० तपाईको पार्टीीे पूण् बैठक बस्दैछ त्यसले लिने निर्ण्र के के होलान्?
बैठक नबस्दै यो वा त्यो निर्ण्र्ााहुन्छ भन्न सकिने विषय होइन । तर, पनि अहिले हामीले लिने निर्णरुमा संविधानसभाको दोश्रो भनिएको निर्वाचन, आन्दोलनरत दलहरुसँगको प्रभावकारी एकता, पार्टीीे उचित कार्य विभाजन, महाधिवेशनद्वारा पारित कार्यदिशाको कार्यान्वयन आदि विषयहरुमा बैठकले निर्ण्र लिनेछ ।
० केन्द्रीय समिति विस्तारको बेला तपाईको पार्टीमाअन्तरविरोध आयो भन्ने थियो त्यो के सत्य हो ?
अन्तरविरोध होइन, छलफल भएको कुराचाहिँ सत्य हो । महान् जनयुद्धको थालनीदेखि ऐतिहासिक भूमिका निभाउँदै आउनु भएका केही कमरेडहरु छुट्नु भएको छ । कतिपय उहाँहरुभन्दा जुनियर साथीहरु एमाओवादी वा हाम्रो पार्टी केन्द्रीय सदस्य भइसकेको अवस्थामा उहाँहरु छुट्नु न्याय संगत हुँदैन भन्ने हो । नेतृत्वका कमरेडहरुसँग यसबारे छलफल भएकोछ । सायद त्यो पनि यतिबेला नै हल हुन्छ होला ।
० अन्त्यमा पत्रिकामार्फत केही भन्नुहुन्छ ?
तपाईंको पत्रिकाले पिछडिएको क्षेत्र जो राज्यको पहुँचभन्दा निकै टाढा देखिन्छ । उसको राज्यसँगका साइनो सौतेनीआमापट्टकिो जस्तै छ । त्यही साइनोका कारण राज्य सत्ताको बिपक्षी भएर उभिने गरेकोछ । यही क्षेत्रका जनताहरुको आवाज पत्रिकामार्फ् प्रसारित गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु । यसले सधैँ उत्पीडित जनसमुदायहरुको पक्षमा कलम चलाओस् ।

प्रतिक्रियाहरु

[anycomment]