माओवादीको पोलिटव्युरो बैठक सम्पन्न

२०७० असार १० गते, सोमबार

काठमाडौं, १० असार । गतसुक्रबार देखि बसेको नेकपा–माओवादीको पोलिटव्युरो बैठक सम्पन्न भएको छ । सरकारले आगामी मंसिर ४ गते संविधानसभा निर्वाचन गर्ने घोषणा गरेपछि माओवादी भावी रणनीति तय गर्न छलफलमा जुटेको थियो । बैठकले असार १५ गतेदेखि पोखरामा बस्ने केन्द्रीय समितिको बैठकका विषयसूचीतय गर्नुका साथै अध्यक्ष किरणले पेस गरेको राजनीतिक प्रस्ताब र महासचिब बादलले पेस गरेको सागठानिक प्रस्ताब माथि छलफल गरि संसोधन सहित पास गरेको जनाइएको छ ।
बैठकमा आगामी असार १५ गतेदेखि पोखरामा बस्ने केन्द्रीय समितिको बैठकको निम्ति एजेन्डा सहित अन्तररास्ट्रीय कम्युनिस्ट आन्दोलन र संयुक्त मोर्चाको बिषयमा समेत घनिभूत छलफल भएको माओबादी नेता प्रकाण्डले बताए l

प्रतिक्रियाहरु

[anycomment]