चारदल कालीदास : किरण

२०७० असार १० गते, सोमबार

काठमडौं , ९ असार ।३३ दलिय मोर्चाले नेपाल बार एसोसिएसनको सभाकक्षमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार सुम्पने शीर्ष चार दल कालिदास भएको बताएका छन्। किरणले लोकतान्त्रिक शक्ति भन्ने नेपाली कांग्रेस, नेकपा एमाले सँगै एकीकृत माओवादी र लोकतान्त्रिक तराई मोर्चाले लोकतन्त्रको खुट्टा काट्दै लोकतन्त्र प्राप्तिका लागि अगाडि बढ्नु कालिदास शैली भएको बताएका हुन् ।‘यथास्थितिको राजनीतिमा संविधान निर्मार्णको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वैद्यले भने ‘यो त संसदीय लोकतन्त्र मात्र होइन । कालिदास रुखमा चढेजस्तो चार दलका नेताहरु साँच्चैका कालिदास भए । ल्याउनुपर्ने लोकतन्त्र होइन ? तर लोकतन्त्रको खुट्टा काट्ने अनि लोकतन्त्र आउछ ? यस कुराले के प्रष्ट हुन्छ भने अब नेपालमा लोकतन्त्रिय प्रक्रिया समाप्त भयो भनेर भन्छु ।’
कार्यक्रममा बोल्दै किरणले खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्री परिषदको गठन भएको दिनप्रति लक्षित गर्दै भने ‘बार एसोसिएसनले त चैत १ गतेको दिन भनेको त कालो दिन भनेको छ ।’किरणले खिलराज रेग्मी नेतृत्वको सरकार विघटन नभएसम्म संविधानसभाको निर्वाचन नहुने भन्दै निर्वाचनका लागि राजनीतिक सहमित गरेर राजनीतिक दलको नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा जोड दिए । वैद्यले रेग्मी नेतृत्वको आलोचना गर्दै गोलमेच सम्मेलनबाट नयाँ राजनीतिक सहमति खोज्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिल कुमार उपाध्याय, संघीय समाजवादी पार्टीका उपाध्यक्ष विजय सुब्बा, राजनीतिक विश्लेषक कृष्ण खनाल, नागरिक अगुवा डा.सुरेन्द्र केशी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]