निषेध गरेर चुनाव हुन सक्दैन :किरण

२०७० असार १० गते, सोमबार

काठमाडौं , १० असार । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरणले जनयुद्धको मुल धारलाई निषेद गरेर संविधानसभाको चुनाव हुनैनसक्ने बताएका छन् । प्रगतिशील लेखक हिरामणी दुःखीको ‘स्मृतिका कुइनेटा’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ‘किरणले सो कुरा बताएका हुन् । अध्यक्ष किरणले चैत्र १ गतेको संविधान संशोधन र बाधाअड्काउ फुकाउ आदेश, सबै दलहरुबीच बृहत छलफल र संविधानका अन्तरबस्तुमा सहमति भएमा आफ्नो पार्टीको बस्न लागेको केन्द्रीय समिति बैठकले केही निर्णय गर्न सक्ने बताए ।
अध्यक्ष किरणले निषेधको संस्कृतिबाट जनताको संविधान नबन्ने भन्दै कांग्रेस-एमालेमा जस्तै एकीकृत नेकपा माओवादीमा पनि निषेधको राजनीति हावी भएको बताए । किरणले ‘सबै चुनावी प्रक्रियालाई रोकेर सवै पक्षसँग वार्ता र छलफल गर्नुपर्छ’,हाम्रो पार्टी बार्ताको लागि तयार छ ।’ हामी आन्दोलनरत पक्षलाई निषेद गरेर हुन संविधानसभाको चुनाव हुनैनसक्ने र यदि भएमा पनि त्यसबाट जनताको संविधान बन्न नसक्ने ठोकुवा गरे ।
आन्दोलनरत दलहरुलाई निषेद गरी संविधानसभाको चुनाव गराइए आफूहरुले पनि आन्दोलनको बलमा सडकबाटै जनताको संविधानको घोषणा गर्ने दाबि गरे । त्यसको लागि आन्दोलनरत दलहरु बसेर आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउनु बताए । आफूहरुले अहिलेसम्म चुनावलाई बहिस्कार र हुन नदिने नभनेको भन्दै निषेधको राजनीति जारी राखे बहिस्कार र चुनावलाई हुनै नदिने आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने किरणले बताए ।
अध्यक्ष किरणले लोकतन्त्र र विधिको शासनका हिमायति ठान्ने नेपाली कांग्रेस र एमालेले एकीकृत माओवादीसँग मिलेर लोकतन्त्र र विधिको शासनलाई ध्वस्त पारेको बताए । उनले पुस्तकको चर्चा गर्दै पुस्तकले र्सवहारा वर्ग र प्रगतिशील साहित्याको प्रतिनिधित्व गरेको दाबी गरे । आफूलाई प्रगतिशील भन्नेहरुको प्रतिगामी भएको आरोप लगाए । लेखक तथा साहित्कार अमर गिरी, इश्वरचन्द्र ज्ञवाली, नरेन्द्रजंग पीटरले टिप्पणी गरेका थिए । पुस्तक अक्सपोर्ट प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]