३३ दलले ऐक्यवद्धता ब्यानर प्रदर्शन गर्ने

काठमाडौं , १३ असार ।नेकपा- माओबादीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चाले आज चैत्र १ गतेको राष्ट्रपतिको असंवैधानिक कदम र चार दलीय सिण्डीकेटको विरुद्ध ऐक्यवद्धता ब्यानर प्रदर्शन गर्ने भएको छ l
आज अपरान्ह ४ बजे एउटा टोलि असनचोकदेखि भोटाहिटी, रत्नपार्क हुँदै बागबजारको भक्तपुरबसपार्क चोकसम्म ,अर्को टोलि बागबजारको भक्तपुरबसपार्क चौकदेखि पुतलीसडक चोकसम्म र अर्को टोलि पुतलीसडक चोकदेखि पद्मोदय मोडसम्म पुगेर ऐक्यवद्धता ब्यानर प्रदर्शन गर्ने भएका छन् l