चुनाब रोक्न प्रधानसेनापतिसँग वार्ता हुन्छ: गौरब

काठमाडौ, असार १४ – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले चार दलको इसारामा सरकारले बल पुर्बक सेना परिचालन गरेर चुनाव गराउन खोजेकोले त्यसबारे प्रधानसेनापतिसँग कुराकानी गर्ने बताएका छन् l गौरबले चुनावमा भाग नलिनेलाई गोली हान्न सेना बनाएको हो ? यो प्रश्न हामी गर्नेंछौ भन्दै जबर्जस्ती गराउने चुनावले मुलुक फेरि द्वन्दमा जाने भन्दै त्यसलाई रोक्न प्रधानसेनापति गौरव शमसेर राणासँग वार्ता गर्ने बताएका हुन् ।मुलुकलाई द्वन्द्वमा लाने वा नलाने भन्ने विषय चार दल र सरकारमा भर पर्ने गौरबको भनाई छ । ११ बुँदे, २५ बुँदे र खिलराज रेग्मीलाई यथावत राखेर गरिने वार्ताको औचित्य नभएकोले आफ्नो पार्टीले अब यस्तो नौटंकी बार्ता नगर्ने गौरबले बताए ।