वार्तामा बस्न सरकार फेर्नुपर्छ : माओवादी

२०७० असार २१ गते, शुक्रबार

काठमाडौ, २१ असार– नेकपा–माओवादीले वार्तामा बस्नका लागि अहिलेको सरकार परिवर्तन गरी दलीय सहमतिका आधारमा सरकार गठन गर्नुपर्ने माग राखेको छ ।नेपाली कांग्रेससँग माओवादी पार्टी कार्यालय बुद्धनगरमा भएको छलफलमा माओवादीले त्यसपछि मात्र चुनावको वातावरण बन्ने बताएको हो ।
छलफलमा २५ बुँदे बाधा अड्काउ र ११ बुँदे सहमति खारेज भई अहिलेको सरकार पनि खारेज भए पछि मात्र चुनावमा जाने बताएको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]