किरण चीन प्रस्थान

२०७० असार २५ गते, मंगलवार

काठमाडौ, २५ असार – चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष सीपी गजुरेल गौरब लाई सोमबार राति चीन भ्रमणमा गएका छन् । पाँचदिने भ्रमणमा उनीहरू त्यता गएको माओवादीका पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।
नेताद्वयको भ्रमणलाई आइतबार सकिएको पोलिटब्युरो बैठकले अनुमोदन गरेको थियो ।किरणको टोलीले चिनियाँ उच्च नेतृत्वसँग भेटघाट गर्नेछ । उनीहरू सोमबार राति ११ बजे बेइजिङतर्फ उडेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]