भुल सच्याएनन भने विद्रोह : विप्लव

२०७० असार २७ गते, बिहीबार

काठमाडौं ,२७ मंसिर । विभिन्न दलका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि सम्बोधन गर्दै नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले माओबादीसँग सम्झौता वा विद्रोह एक रोज्न प्रमुख दलहरुलाई चेतावनी दिएका छन् । संविधानसभाको चुनाव अघि नै माओवादीसँग सम्झौता गर्न कांग्रेस-एमाले तयार नभए विद्रोह हुने विप्लवको भनाई छ ।विप्लवले भने -’ यदि कांग्रेसले भुल सच्याएन भने, एमालेहरुले भुल सच्याएनन् भने, माओवादीसँगको सहकार्यलाई अर्को नयाँ उचाईमा पुर्‍याउन उनीहरु तयार भएनन् भने, संविधानसभाको चुनाव हैन, चुनाव अघि नै नेपाली जनताले लेख्न चाहेको संविधानबारे माओवादीसँग सहमति गरेनन् भने उनीहरुले नेपालमा एउटा विद्रोहको सामना गर्नु पर्नेछ ।’ सम्पूर्ण मानिसहरु, महिला, जनजाति, मुस्लिम दलित सबै बिद्रोहको तयारीमा रहेको उनको दावी थियो ।
सचिव विप्लवले माओवादीलाई दमन गर्न खोजे अर्को जनयुद्ध गर्ने चेतावनी दिए । ‘यदि प्रतिक्रियावादीहरुले माओवादीलाई दमन गर्ने सोचे भने, संशोधनवादीहरुले पुरानो सत्तालाई टिकाई राख्न खोजे भने, यदि नेपालका जनताहरुलाई दमन गर्दै अर्को हत्कण्डा मच्चाउँछौं भन्ने सोचे भने म के चुनौती दिन चाहन्छु’ भन्दै उनले भने -’नेपाली जनता फेरि जाराकजुरुक उठ्ने छन् । १० वर्षको जनयुद्धमा जनता जसरी उठेका थिए, त्यसरी नै उठ्ने छन् र जसले जनतालाई दमन गर्ने सपना देखेका छन्, तीनीहरुको अन्त्य हुनेछ ।’विप्लवले यथास्थितिमा कुनै हालतमा मंसिर ४ को चुनाव हुन नदिने जिकिर गरे । कार्यक्रममा विभिन्न दलका झण्डै ५ दर्जन नेता कार्यकर्ता नेकपा-माओवादी प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]