पार्टीकै योजनामा चिन भ्रमण : गौरब

२०७० असार २८ गते, शुक्रबार

काठमाडौं, २८ असार ।संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेल गौरबले हालै भएको उच्चस्तरिय चिन भ्रमण आफ्नो पार्टीको योजनामा भएको बताएका छन् । ‘हामीले पार्टी पुर्नगठन गरेपछि पहिलो पटक चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणा हामी गएका थियौं, भने यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनस्टि पार्टीबीच चीनमा बैठक भयो’ गौरबले भने २५ गते र २६ गते चिनियाँ कम्युनस्टि पार्टीको अन्तर्राष्ट्रिय विभागसँग दुई–दुई घण्टा छलफल भएको र त्यसैगरी उपराष्ट्रपतिसँग अर्कोदिन छलफल भएको बताए ।
अन्तरसंवाद कार्यक्रममा बोल्दै गौरबले बैठकमा दुई कम्युनिस्ट पार्टीबीच नेपाली राजनीतिको विषयमा गम्भीर छलफल भयो तर चिनियाँ कम्युनिस्ट पार्टीले आफूहरुलाई चुनावमा जानुस् नभनेको बताए । गौरबले चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने, बहिस्कार गर्ने, कहिले गर्ने, नगर्ने तपाईहरुको आन्तरिक मामला हो यसमा हामी केही भन्दौनौं भनेको बताए । ‘नेपालको संक्रमणकाल छिटो अन्त्य होस्, शान्ति सुशासन होस्, विकास होस् भन्ने चिनियाँ कम्युनिस्ट पार्टीले चाहेको छ’ उपाध्यक्ष गौरबले बताए । दुई पार्टीको बैंठकमा अहिले गर्ने चार नेताको निर्देशनमा कर्मचारीले गर्ने चुनावले राजनीतिक निकास नदिने र झन द्वन्द्व थप्ने, चुनाव भएपनि नेपाली जनताले संविधान नपाउँने र आफ्नो पार्टीको नीतिले मात्र देशमा दिगो शान्ति स्थापना हुन चिनीयाँ कम्युनिस्ट पार्टी नेतृत्वलाई आफूहरुले भनेको गौरबले बताए । आफ्नो पार्टीले चुनाव बहिस्कार लगायतका विषयमा चिनियाँ कम्युनिस्ट पार्टी सँगको बैठकले कुनै प्रभाव नपार्ने भन्दै उनले पार्टीले गरेका निर्णय कार्यन्वयनमा अगाडी बढ्ने बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै गौरबले आफूहरुले चिनलाई महत्व दिएको र भारतलाई नदिएको नभई उसले (भारत) नै नचाहेकाले छलफल र संवाद नभएको बताए । ‘चीनले हामीलाई बोलाउछ, हामी जान्छौं र हामीले बस्यौ भन्दा उ तयार हुन्छ तर भारत हामीसँग छलफल गर्न तयार छैनभने खोज्दै जाने कुरा भएन, भारत एकै हातले ताली बजोस् भन्ने चाहन्छ भने त्यो संभाव छैन’ गौरबले भने । आफ्नो पार्टी लाइन लागेर भारतलाई भेट्न नजाने बताए । हालै एक दिने नेपाल भ्रमण सकेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग आफ्नो पार्टी र नेताहरुले भेट्ने योजना नै नभएको भन्दै पुर्व निर्धारित कार्यक्रममा भएकाले आफूहरु चिन गएको बताए।

प्रतिक्रियाहरु

[anycomment]