सर्त अगाडी सारे बार्तामा बस्दैनौं : किरण

काठमाडौं , ३० असार। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू बार्तामा नबस्ने बताएक छन् । आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा शुसिलद्वारा लिखित नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा बोल्दै किरणले सो कुरा बताउएक हुन् ।किरणले वार्ताको माध्यमबाट निकास खोज्न हाम्रो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताए । ‘हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि सरकार र सरकारपक्षिय पार्टी० गम्भीर बनेको छैन, बाहिर हल्ला गरेपनि ठोस रुपमा छलफलमा आएको छैन , सरकार र सरकार पक्षिय पार्टी विना सर्त वार्तामा आउन तयार देखिदैन , भन्दै किरणले पार्टीको लतकतालाई कमजोरीको रुपमाले नलिन सरकार र चार दललाई आग्रह गरे । उनले ३३ दलिय मोर्चालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने बताए । चैत्र १ गतेको संविधान संशोधन र राष्ट्रपतिद्वारा २५ बाधा अड्काउ फुकाउ आदेश खारेज गरी सर्व दलिय सरकार निर्माणको लागि विना सर्त आफूहरु वार्ता र गोलमेचसभामा बस्न तयार रहेको अध्यक्ष किरणले बताए ।
एक अर्को प्रसंगमा किरणले हालै आफ्नो नेतृत्वमा भएको चिन भ्रमण दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुमधुर बनाउन सफल भएको र चिनले नेपालमा राजीतिक स्थायीत्व चाहेपनि आन्तरिक मामलामा कुनै दबाव नदिएको बताए ।
पुस्तकको चर्चा गर्दै किरणले जनताको भोगाई र जनयुद्धको इतिहास भएको बताए । उक्त कार्यक्रममा प्रगतिशील साहित्यकार इश्वरचन्द्र ज्ञावलीले पुस्तकको चर्चा गरेका थिए ।