३३ दलीय मोर्चा विना माओवादी वार्तामा नबस्ने

२०७० असार ३१ गते, सोमबार

काठमाडौं, ३१ असार। नेकपा-माओवादीले आफ्नो नेतृत्वको ३३ दलीय मोर्चाको सहभागिता विना सरकार र राजनीतिक समितिसँग वार्तामा नबस्ने बताएको छ । ३३ दलीय मोर्चाको सोमबार बसेको बैठकमा माओबादी सहितका नेताहरुले अब ३३ दलीय मोर्चा विना वार्तामा नबस्ने प्रतिवद्धता जनाएका छन् ।
बैठकले आगामी साउन ८ गते यथास्थितिमा घोषणा गरिएको संविधानसभाको निर्वाचन हुन नदिन घोषणसभा गर्ने निर्णय समेत गरेको छ । त्यसअघि ६ गते जनवर्गिय संगठनहरुको भेला बोलाइएको छ । यथास्थितिमा घोषणा भएको संबिधानसभाको निर्वाचनलाई हुन नदिने र जवरजस्ती निर्वाचन गर्न खोजिएमा त्यसको शसक्त प्रतिरोध गर्ने ३३ दलको निर्णय छ ।
३३ दलीय मोर्चाको मोर्चा समिति बनाई आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय भएको मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ l

प्रतिक्रियाहरु

[anycomment]