वार्ताका लागी माओवादीलाई लिखित पत्र

२०७० श्रावण २ गते, बुधबार

काठमाडौं–२ साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीलाई वार्ताकालागी पत्र पठाएको छ । समितिका संयोजक पुष्पकमल दाहालले नेकपा–माओवादी र उसको मोर्चामा संलग्न रहेका ३३ दलहरुलाई वार्ताका लागी आग्रह गर्दै पत्र पठाएका हुन् ।बुधबार बिहान बसेको समितिको बैठकले पत्र पठाउने निर्णय गरे पछि दाहालले माओवादीलाई सम्बोधन गर्दै तत्काल वार्तामा बस्न आग्रह गरेको हो । गोलमेल सम्मेलन लगायतका माग सम्बोधन गर्न प्रमुख चार दल तयार भएपछि माओवादी वार्तामा बस्न लागेको हो । माओवादीले संवादका लागि औपचारिक पत्र आउनु पर्ने बताएपछि उच्चस्तरीय समितिले पत्र पठाएको हो ।निर्वाचनको प्रक्रियामा असन्तुष्टी राख्दै आएको माओवादीले यसअघि वार्तामै नबस्ने अडान लिएपनि गत महिनाको केन्द्रीय समितिको बैठकपछि प्रमुख राजनीतिक दलहरुसँग संवादमा बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]