सर्तसहितको वार्तामा जादैनौ : गौरब

पाँचथर, ३ साउन । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले सर्त सहितको वार्तामा आफूहरु नजाने बताएका छन् । आगामी मङ्सिर ४ गते सम्पन्न गर्ने भनिएको दोस्रो संविधानसभाको चुनावमा भाग लिन वार्ताका लागि उच्चस्तरीय राजनीतिक समितिले सर्तसहित पत्र पठाएकाले आफ्नो पार्टी वार्तामा जान नसक्ने बताएका हुन् ।सदरमुकाम फिदिममा माओवादी जिल्ला कमिटी पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाको कार्यसूची माओवादीको भएकाले त्यसबाट पार्टी पछि नहट्ने तर अब देशलाई नयाँ समाधान दिनका लागि गोलमेच सम्मेलन नै उत्तम विकल्प भएको बताए ।