प्रचण्ड र किरणवीच भेटवार्ता

२०७० श्रावण ४ गते, शुक्रबार

काठमाडौं , ४ साउन। उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य किरणवीच भेटवार्ता भएको छ ।आज विहान भएको भेटमा वार्ताका लागि राजनीतिक समितिले गरेको आहृवानबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले वार्ताको आहृवान सशर्त नभएको बताएको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रचण्डले वार्ताको आहृवानबारे आजै बस्ने राजनीतिक समितिको बैठकले थप प्रष्ट पार्नेछ ।प्रचण्डसँगको भेटमा माओवादी अध्यक्ष किरणले भने निःशर्त वार्ताको आहृवान भए आफ्नो पार्टी र आन्दोलनरत ३३ दलीय मोर्चामा छलफल गरि आवश्यक निर्णय गर्ने माओबादीले बताएको छ । यसअघि प्रचण्डले शुक्रबार नै भेट्न खोजेपछि किरणले भेट्न मानेका थिएनन ।

प्रतिक्रियाहरु

[anycomment]