अन्तर्राष्ट्रिय समुदाय चुनावमा सहयोग नगर : ३३ दल

काठमाडौं,५ साउन – आज संवाद डबलीमा भएको कार्यक्रममा नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले आम सहमति नभएको र चुनाव हुनै नसक्ने भन्दै चुनावलाई अन्र्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।विदेशी आप्रवासीलाई नागरिकता दिने, नेपालीलाई अल्पमतमा पार्ने, कुटनैतिक निकायबाट काम भईरहेको दावी गर्दै ३३ दलले यस्तो अपिल गरिएको बताएका छन् ।निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको चुनावले देशमा निकाश नदिने दावी सहित ३३ दलीय मोर्चाको तर्फबाट देब गुरुङले निकालेको अपिलमा भनिएको छ, ‘कुनै पनि कुटनीतिक निकायबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी नेपाली जनताको राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक पद्धति समेतलाई गम्भीर आँच पु¥याउने खालको अलोकतान्त्रिक विधि अपनाएर संविधान बन्ने सुनिश्चित नभएको निर्वाचनलाई सर्मथन नगरियोस् भनी सबै कुटनीतिक निकायहरुसँग हामी हार्दिक अपिल गर्न चाहन्छौ ।’ कार्यक्रममा अपिल पढ्दै कार्यदलका सदस्य प्रकाश अधिकारीले भने , ‘हाम्रो आग्रह अनुरोधको भाषा सबै कुटनैतिक निकायले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौ ।’
नेकपा–माओवादीका सचिव देव गुरुङले मित्र राष्ट्रका कुटनीतिक व्यक्तिले चुनावबारे दिएको अभिव्यक्ति नेपालको आन्तरीक मामलाको हित विपरीत भएको बताए । उनको विचारमा चुनावका लागि सहयोग गर्ने भन्ने कुरा नेपालको सार्वभौम सत्ता समाप्त पार्ने चलखेल भएको टिप्पणी गरे ।‘चार दलका नेताको कारण अन्तरिम सविधान ध्वस्त पार्ने कार्यक्रममा विदेशीको समर्थन किन ?’ भन्दै उनले चुनावको सहभागीताको विषयमा अघोषित रुपमा शर्त राखिएको हुनाले नमान्ने बताए ।तर , उनले माओबादी विना शर्त बार्ता गर्न तयार भएको दाबि गरे ।