वार्तामा पुर्व सर्त मान्य हुँदैन : किरण

२०७० श्रावण ६ गते, आईतवार

विरगन्ज, साउन ६-आज विरगन्जका उधोगी व्यपारीहरु संगको भेटमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैध किरणले विदेशी र दलाल पुँजीलाई निरस्त बनाउनका लागि स्वदेशी पुजीको विकास गर्नु पर्ने बताएका छन् । किरणले आफनो पार्टी जहिलेपनि राष्ट्रिय र निजीपुजीको विकास होस भन्ने चाहेको तर प्रतिपक्षीहरुले नेकपा–माओबादीको दूष्टीकोण पूँजीपतीहरु प्रति ठिक नभएको हल्ला फैलाएको बताए । राष्ट्रिय र देशभित्रको लगानीलाई असर पर्नेगरि बिदेशी लगानी भित्रियाउने निर्णयहरुका कारण समस्या बढने उनले बताए । दलाल पुजी के लाई भन्ने प्रशनको जवाफदिदै बैधले भन्ने ठगी,राजश्व छली,भ्रष्टाचारगरि आर्जन गरिएको अकुत सम्पती तथा बिदेशमा लुकाई राखिएको काला धन,स्वदेशमा आर्जन गरिएको सम्पती बिदेशमा लगानी गरेर आमदनी गर्नेकार्यमा लगानी गर्नेहरु दलाल पुजीको दायरामा पर्ने गरेको किरणको ठम्याई थियो । वीरगन्ज मुलुकको प्रमुख आर्थिक क्षेत्र भएकोले यसक्षेत्रलाई अधिकारीकरुपमा औधोगिक करिडोरको मान्यता दिनुपर्ने उनले बताए ।
अहिले स्वदेशको उधोग र लगानीलाई संरक्षित गरि विकशित गराउनुको साटो अहिले सम्मका निती निर्माता र सरकारले बिदेशी लगानीलाई प्राथमिकता राख्नु दुर्भाग्यपुर्ण भएको उनले बताए । अहिले सम्मका शासकहरुले आर्थिक उन्नती र क्रान्तिप्रति बिशेष ध्यान नपु¥याएको आरोप लगाउदै उनले भने ‘ अहिले भित्रियाएर बाचनु परेको छ’ आफनो प्रतिभा र श्रमलाई पलाएन गर्नु दुर्भाग्यपुर्ण हो’ उनले भने । उधोगहरुको क्षमता घटदै गएको,चलिरहेका उधोगहरु समेत श्रम,र विधुत समस्याका कारण बन्द हुने अवस्थामा रहेको उधोगीहरुको गुनासो गरेका थिए । राजनैतिक प्रसगंमा कुरा गर्दै बैधले चैत १ पछि सिंगो प्रकृया असंवैधानिक भएकाले खारेज गरेर नयाँ सहमति बनाउनुपर्ने धारणा राख्दै चैत १ लाई कानुन व्यवसायीले समेत कालो दिन मानेको भन्दै त्यसयताका सम्पुर्ण गतिविधि असंवैधानिक भएकाले खारेज गरीनुपर्ने बताए ।
नेकपा माआोवादिको भोजपुरा स्तरीय वैचारीक राजनितिक प्रशिक्षण कार्यक्रमका लागि आईतवार वीरगञ्ज आउनुभएका अध्यक्ष किरणले पत्रकारसँग कुराकानि गर्दै विग्रीएको परिस्थिति सुधार्न र मुलुकको निकासका लागि सर्वपक्षिय राजनितीक गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।
पुर्व सर्त सहित आफुहरु वार्तामा नबस्ने अध्यक्ष किरणको भनाई छ । सरकारले वार्ताको लागि हामी सहित ३३ दललाई पत्र काटेको छ, यो सकारात्मक हो तर हामिलाई पुर्व सर्त मान्य हुँदैन किरणले भने । सरकारले पठाएको पत्रमा मंसीर ७ गतेको चुनावमा सहमति गर्न वार्तामा बोलाईएकाले आफुहरुलाई शर्त मान्य नहुने वैद्यको भनाई छ । सयन्त्रका अध्यक्ष प्रचण्डले त्यो विषय ठुलो नभएकाले वार्तामा आउन आग्रह गरेको किरणले प्रष्ट गरे ।

प्रतिक्रियाहरु

[anycomment]