भोट माग्न गाउँ गए बाँकी राख्दैनौं :किरण

हेटौंडा, साउन ७ – क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरले सोमबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले दोस्रो संविधानसभा चुनाबका लागि नेताहरु भोट माग्न गाउँमा गएमा आफूहरुले बाँकी नराख्ने बताएका छन् ।चारदलका नेताहरु चुनाब हुनुपर्छ भन्दै गाउँ जाने र नेकपा माओवादीका कार्यकर्ताहरु चुनाब हुनुहुँदैन भनेर गाउँ जाँदा मुठभेड हुन सक्ने उनको भनाई छ ।उनले सहमति बिना नै पेलेर चारदल र सरकारले चुनाब गर्न खोजेमा कुनैपनि हालतमा चुनाब हुन नदिने बताए ।संविधानसभा चुनावको लागि अहिलेको सरकार खारेज हुनुपर्ने, चारदलीय सिन्डिकेट खारेर हुनुपर्ने, गोलमेच सभा गरेर राजनीतिक दलहरुबाट नै सरकार गठन हुनुपर्ने उनले बताए ।एकीकृत माओवादीसँग धेरै कुरामा बिमती भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने उन ले बताए । ‘सहमतिबाट सबै प्रक्रिया खारेज गरेर आएमा चुनाबमा जान्छौ तर पेलेर जान खोजियो भने हामी पनि चुनाब हुन दिन्नौ’ किरण ले उधघोषा गरे ।