कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन

काठमाण्डौं,९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आज बिहान निधन भएको छ । उहाँको काठमाण्डौं मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कम्युनिस्ट पार्टीका संस्थापक क.नरबहादुर कर्मचार्यको सम्मानमा क्षेप्यास्त्र साप्ताहिक ले २०६६ बैशाख २० गते प्रकाशित गरेको वहा को अन्तर्वार्ता यहा प्रस्तुत गरेका छौ ।
मार्क्सवाद, लेनिनवाद र माओवाद अनि र्सवहारा सांस्कृतिक क्रान्तिलाई नमान्नेहरू कम्युनिस्ट हुनै सक्दैनन् ।
– क. नरबहादुर कर्माचार्य, संस्थापक, नेपाल कम्युनिस्ट पार्टी
० प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरेका कार्यहरूप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?
प्रचण्ड सरकारले काम गर्न त चाहिरहेको छ । तर, नेपाली काँग्रेसले विभिन्न बाधा, अड्चन गरिरहेको छ, जसले गर्दा जनअपेक्षाबमोजिमका कार्यहरू गर्न सकिरहेको छैन ।
० यो सरकारलाई त सत्तासाझेदार एमालेले पनि साथ दिरहेको छैन नि ?
एमालेले दुइवटा नाउँमा दुइ खुट्टा राखिरहेको छ । एमालेको यस्तो चरित्रका कारण पनि सरकारलाई गाह्रो भइरहेको छ ।
० नेपालमा एउटै कम्युनिस्ट केन्द्र हुने सम्भावना कत्तिको देख्नुभएको छ ?
त्यस्तो सम्भावना छैन । हामीले पार्टी गठन गर्दा एउटै थियो र अन्तरास्ट्रीय कम्युनिस्ट पार्टी पनि एउटै थियो । लेनिनको पालामा विश्वभरका कम्युनिस्टहरू एउटा पत्रिकाद्वारा चल्दथे । हामीले पार्टी फुट्छ , टुक्राटुक्रा हुन्छ भनेर कहिल्यै सोचेका थिएनौँ । फुटेर गएकाहरू अब मिल्दैनन् ।
० कम्युनिस्टहरू नमिल्नुको मुख्य कारण के होला –
कम्युनिस्टहरू नमिल्नुको मुख्य कारण नै राजनीतिक कारण हो । मार्क्सवाद, लेनिनवाद र माओवाद अनि र्सवहारा सांस्कृतिक क्रान्तिलाई नमान्नेहरू कम्युनिस्ट हुनै सक्दैनन् । एमालेको जनताको बहुदलीय जनवाद काउत्सीहरूले उहिल्यै उठाएको विषय हो । यो संशोधनवादी धार हो । कम्युनिस्टहरू फुट्नुको अर्को कारणचाहिँ व्यक्तिवादी कारण नै हो । एकता केन्द्र मसालसँग अन्तरविरोध हुँदाहुँदै पनि हामी मिलेर गएका थियौँ । हामीले मोहनविक्रमसँग पहिले पार्टर्ीीठन हुँदा बोल्सेभिक पार्टर्ीीठन हुनर्ुपर्छ भन्यौँ । पार्टर्ीीे नामको विषयमा पनि हामीले नेपाल कम्युनिस्ट पार्टर्ीीात्र राखौँ नभए क्रान्तिकारी कम्युनिस्ट राखौँभन्दा मोहनविक्रमले मशाल नै राख्नर्ुपर्छ भन्यो । माओवादीले पनि कतिपय कामहरू उग्रवादी गरेको छ । तर, पनि उ कम्युनिस्ट हो । उग्रवादी काम गरेकोमा अहिले उसले सच्याउनर्ुपर्छ । हामी सच्याएर जाउँ भन्छौँ तर मोहनविक्रमहरू खत्तम नै गर्नुपर्छ भन्छन् ।
० तपाईंको विचारमा एमाले कम्युनिस्ट हो कि होइन ?
एमाले कम्युनिस्ट नै होइन किनकि ऊ कम्युनिस्ट जस्तो छैन । ऊ दर्ुइवटा खुट्टा दर्ुइवटा नाउँमा हाल्छ, बहुदलीय जनवाद भन्छ, विदेशीहरू उसको कार्यालयमा आउँदा मार्क्स, लेनिन, स्टालिनको तस्विर लुकाउँछ भने ऊ कसरी कम्युनिस्ट हुनसक्छ ऊ कम्युनिस्ट होइन ।
० सेनापति प्रकरणको विषयमा तपाईंको धारणा के छ ?
अहिले माओवादी दूरदर्शी हुन सकिरहेको छैन । सेनापतिसँग स्पष्टीकरण माग्ने बित्तिकै हटाइदिएको भए राम्रो हुन्थ्यो, त्यतिबेला त झलनाथले पनि साथ दिएको थियो । त्यतिबेला नै हटाइदिएको भए हुन्थ्यो ।
० तपाईंलाई के लाग्छ सेनापति हटाउनु हुन्छ या हुँदैन ?
हटाउनर्ुपर्छ, नागरिक सरकारको मातहतमा नै सेना रहने हुनाले उसको आदेश सेनापतिले मान्नर्ुपर्छ । ऊ सेनापतिबाट हट्नर्ैपर्छ । सरकारको आदेशलाई सेनापतिले मान्नर्ैपर्छ । म त के भन्छु भने न्यायाधीशहरू पनि मतदानद्वारा चुनिनु पर्छ । सरकारले आठजना जर्नेलहरूलाई हटाएपछि तुरुन्त नै न्यायाधीशले बदर गरिदियो । जर्नेललाई अवकाश दिने अधिकार त सरकारलाई छ । कटवालले ती जर्नेलहरूलाई न्यायाधीशको आदेशअनुसार फेरि फुली लगाउन पाउँदैनथ्यो । त्यो उसले जननिर्वाचित सरकारलाई दिएको चुनौती हो ।
० यही सेनापति विवादले कतै सेना समायोजनमा त असर गर्दैन ?
सेना समायोजन हुन नदिन नै यो गढबढीहरू भइरहेको छ । नेपाली काँग्रेस अन्तरिम संविधानलाई नै खिल्ली उडाउँदै सेना समायोजन गर्न हुँदैन भनिरहेको छ । जब कि अन्तरिम संविधान र बृहत् शान्तिसम्झौतामा पनि सेना समायोजनको बारेमा प्रस्ट पारिसकिएको छ ।
० सहिद र बेपत्ता परिवारको लागि वर्तमान सरकारले के गर्नुपर्ला ?
सहिद तथा बेपत्ता परिवारका सदस्यहरूलाई राज्यले ध्यान दिनु नै पर्छ । बेपत्ता परिवारहरूको लागि राज्यले सक्दो राहत दिनर्ुपर्छ, बेपत्ताको खोजीमा लाग्नर्ुपर्छ । भैरवनाथ गणबाट बेपत्ता पारिएको भन्ने छ, त्यसबारेमा सरकारले छानबिन गर्नुपर्छ ।
० तपाईंलाई समयसीमाभित्र नै नयाँ संविधान बन्छजस्तो लाग्छ ?
संविधान बनाउनै पर्छ बन्छ पनि । संविधान त बनिरहेको छ नि । संविधानसभा त चलिरहेको छ नि ।
० तपाईं नेपाल कम्युनिस्ट पार्टीको संस्थापक हुनुहुन्छ, वर्तमान कम्युनिस्ट पार्टीको क्रियाकलाप तपाईंलाई कस्तो लाग्छ ?
मलाई दुःख लाग्दैन । सबै कम्युनिस्ट पार्टी एक हुनुपर्छ। मोहनविक्रम सिंह र्सवहारा सांस्कृतिक क्रान्तिलाई पनि मान्छ तैपनि एकता हुन चाहँदैन । इमानदार कम्युनिस्ट पार्टी एक ठाउँमा ल्याउनु पर्छ भन्ने चाहना हाम्रो हो र केही आउन चाहिरहेका छन् । राम सिंहको पार्टीसग पनि अहिले एकताको बारे छलफल चलिरहेको छ ।
० तपाईं अहिलेको गणतन्त्रप्रति सन्तुष्ट हुनुहुन्छ ?
यो पुँजीवादी गणतन्त्र हो । नयाँ जनवादी पनि पनि पुँजीवादी गणतन्त्र नै हो । कम्युनिस्ट पार्टीको मात्र सरकार भएको भए त्यो गणतन्त्र जनताको गणतन्त्र हुने थियो ।
० नेपालमा कम्युनिस्ट गणतन्त्रको सम्भावना कत्तिको छ ?
त्यो सम्भावना छ, त्यो हुनुपर्छ । तर, जनताले अर्को व्रि्रोह नगरी सुखै छैन । अर्को व्रि्रोह भएपछि मात्र जनताको जनवादी सत्ता आउँछ ।
० त्यो व्रि्रोह कस्तो हुनुपर्छ ?
त्यो व्रि्रोह शान्तिपूर्ण पनि हुनसक्छ, सशस्त्र पनि हुनसक्छ । पहिला त हामी शान्तिपूर्ण बिद्रोह नै हुनुपर्छ भन्छौँ ।
० अन्त्यमा यस पत्रिकामार्फ् आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
सबै जनता एकजुट भएर नयाँ संविधान निर्माण गर्न राजनीतिक दलका नेताहरूलाई दबाब दिनुपर्छ । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सबै जनता एकजुट हुनुपर्छ ।