यथास्थितिमा चुनाव बहिस्कार गरिन्छ :किरण

काठमाडौं, १० साउन। नेकपा – माओवादीले पार्टी मुख्यालय बुद्धनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्य किरणले साउन १० देखि चुनाव बहिस्कारको प्रचारात्मक अभियान शुरु भएको जनाउँदै यथास्थितिमा चुनाव बहिस्कार गर्ने बताएका छन् । चारदलीय संयन्त्रले पठाएको पहिलो पत्र शर्तसहितको भएको र विहीबार प्राप्त दोस्रो पत्र सकारात्मक भएको उनले बताए । तर, सरकारले मंसिर ४ को चुनाव स्थगन नगरेसम्म आफूहरुले पनि बहिस्कार आन्दोलन फिर्ता नलिने किरण ले प्रस्ट पारे । आफूले राजासँग सहकार्य गर्ने नभनेको बताउदै उनले ‘राजै छैनन्, केको राजासित सहकार्य गर्ने कुरा आउँछ ? यो हल्लैहल्लाको देश भनेजस्तै भयो ।’