भुमाफियालाइ कालोमोसो

२०७० श्रावण ११ गते, शुक्रबार

काठमाडौं, ११ साउन।राष्ट्रिय जनस्वयंसेवक व्युरोले भुमीराज निरौलामाथी कारवाही गरेको छ । काठमाडौको कान्तिपुर पव्लीकेसन अगाडी निरौलामाथी कालोमोसो दलिएको जनस्वयंसेवकले जनाएको छ । निरौला भुमाफिया, दलाल र विभिन्न किसिमका विकृतिमा संलग्न भएकाले उनिमाथी जनकारवाही गरिएको राष्टिय जनस्वयंसेवकका अध्यक्ष उदय वहादुर चलाउनेले जानकारी दिए ।निरौला ले पुर्व क्षेत्रको इटहरी, काठमाडौ उपत्यका, चितवन, महोत्तरी लगायतका क्षेत्रमा भु माफियाको काम गर्दै आएको जनस्वयंसेवकको दावी छ । निरौला चेलिवेटी वेच विखनमा समेत संलग्न रहेको जनस्वयंसेवकका अध्यक्ष चलाउनेले दावी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]