‘ प्रचण्ड ‘जथाभाबी नबोल्नुस्:महरा
पाल्पा,१३ साउन – एकीकृत नेकपा माओबादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जथाभाबी अरु दललाई गाली नगर्न सुझाब दिएका छन् ।आज पाल्पाको तानसेनमा भएको कार्यक्रममा पूर्ब सभासद महराले नेताहरुले जथाभावी बोल्दा सहमति र समझदारीमा अफ्ठेरो पर्ने भन्दै सचेत गराएका हुन् । बनेपामा प्रचण्डले नेकपा–माओबादीलाई इन्गित गर्दै ‘चुनाब भाड्न केही स्यालहरु गाउँ पसेको र तिनीहरुलाई सिंह बनेर परास्त गर्न निर्देशन दिएको भोलीपल्ट महराले यस्तो आग्रह गरेका हुन् ।