माओबादी नआएसम्म निर्वाचन हुन सक्दैन : शेखर

काठमाडौं ,१४ साउन, । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको लहडमा मुलुक चल्दा समस्या उत्पन्न भएको भन्दै रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताएका छन् । रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने र संविधानसभाको संख्या तथा अनुपात पुरानो बनाउने वित्तिकै उपेन्द्र यादव र अशोक राई निर्वाचनमा आउने भन्दै उनले त्यसले नेकपा-माओवादीलाई निर्वाचनमा आउन बाध्य बनाउने दावी गरे । कोइरालाले चारदल, असन्तुष्ट दल, सरकार र अन्तर्राष्ट्रिय शक्ति एक ठाँउमा नआएसम्म निर्वाचन हुन नसक्ने दावी गरे ।
चार दलले निर्वाचन नचाहेको आशंका ब्यक्त गर्दै उनले भने -’प्रचण्ड चुनावको विरोध गर्नेलाई वाईसीएल लगाएर गाँउबाट लखेट्ने कुरा गर्दैछन, निर्वाचनको मिति घोषणा बढेपछि प्रचण्ड र बाबुराम भट्टराईको जुहारी चल्नु र पूर्व राजाले राहत बाडेको विषयमा बाबुराम भट्टराई उत्तेजना फैलाउँदैछन यसबाट उनीहरुले निर्वाचन नचाहेको प्रष्टिएको छ । चार दलले पनि हामि नै सर्वेसर्वा हौं भन्ने हो भने संविधानसभा चुनाव हुन सक्दैन ।’मोहन बैद्य, उपेन्द्र यादव र अशोक राई सहितका असन्तुष्ठ दलहरु नआए पनि निर्वाचन हुन सक्ने तर, त्यस्तो निर्वाचन सार्थक निर्वाचन हुन नसक्ने उनले बताए ।
कार्यक्रममा एमाले एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले असन्तुष्ट पक्ष, तराईका भूमिगत समूहको बढ्दो सक्रियत, समानुपातिक प्रतिनिधित्व र एमाओवादी-मधेसवादीको शंकास्पद ब्यवहारकै कारण चुनाव हुनेमा आशंका बढेको बताए । मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन गर्नु पर्ने भन्दै उनले भने -’एमाले चुनावमा होमिने खुट्टा उठाएर बसेको छ । हामिले २४० निर्वाचन क्षेत्रमा प्रशिक्षण गरेर प्रारम्भीक रिपोर्ट समेत तयार पारिसकेका छौं । हामी पहिलो पार्टी हुने अवस्था छ ।’