माओवादी कार्यकर्तामाथि प्रहरी धरपकड

२०७० श्रावण १५ गते, मंगलवार

काठमाडौ, १५ साउन – नेकपा–माओवादीका दुईजना कार्यकर्तामाथि प्रहरीले धरपकड गरि पक्रेको छ । ललितपुरको कुपण्डोलबाट राज्य समिति सदस्य श्याम बर्जाचार्य र सिर्जना रार्ई चुनाब विरोधी प्रचार प्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेको नेकपा–माओवादीले जनाएको छ ।भित्तेलेखनमा रहेका नेकपा–माओवादी कार्यकर्तालाई प्रहरीले लाठी प्रहार गरेपछि केहीबेर झडप भएको थियो । झडपमा ७ जना घाईते भएका छन् ।
यस सम्बन्धमा ने.क.पा.-माओवादी नेवा राज्यका सेक्रेटरी दिलिपकुमार प्रजापति ‘ भिष्म’ले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार्र्को छ -‘राष्ट्रिय स्वाधिनता, गणतन्त्र र नेपाली जनताको अधिकारका विरुद्ध यथास्थितिवादी तथा प्रतिक्रियावादी सरकारद्वारा विदेशी इशारामा रचिएको कथित दोस्रो संविधान सभाको निर्वाचनको नाटकका विरुद्धको शान्तिपूर्ण ढंगले प्रचार अभियानमा आगेका हाम्रो पार्टी कार्यकर्ताहरुलाई अन्धाधुन्द लाठी चार्ज गरी ७ जना कमरेडहरुलाई घाइते बनाउनुका साथै २ जना कमरेडहरु क.श्याम बज्राचार्य र क.सिर्जना र्राईलाई कुपण्डोलबाट गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएका हाम्रा कार्यकर्ताहरुको अविलम्ब रिहाइको माग गर्दछौं । अन्यथा संर्घष्का कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं र त्यसबाट उत्पन्न हुने परिणामको भागिदार स्वयं सत्ता पक्ष हुने कुरा अवगत गदाउँदछौं । ‘

प्रतिक्रियाहरु

[anycomment]