३३ दलिय मोर्चा बार्तामा नजाने

काठमाडौ, १५ साउन – नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने निर्णय गरेको छ ।नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको बैठकले समितिले पठाएको पत्र राजनीतिक प्रकृतिको नभएको भन्दै मोर्चाले वार्तामा नबस्ने निर्णय गरेको हो ।
संविधानसभा चुनावलाई मात्रै केन्द्रीत गरेर समितिले पत्र पठाएको भन्दै आफूहरुको समग्र राजनीतिक मुद्धाबारे छलफल तय गर्न तयार नदेखिएको मोर्चाको ठहर छ ।मोर्चामा सहभागी दलहरुले आफूहरु वार्ता विरोधी नभएको भन्दै मुख्य दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउका विषयमा छलफल गर्ने गरी पत्र आउनुपर्ने बताएको बुझिएको छ ।मुख्य दल वार्ताका लागि गम्भीर नभएको भन्दै आन्दोलन तय गर्ने जिम्मा कार्यदललाई दिएको छ ।