वार्ता प्रति माओवादी सकारात्मक

२०७० श्रावण १६ गते, बुधबार

काठमाडौ, १७ साउन – सरकारले दोश्रो पटक पत्र पठाएपछि नेकपा -माओबादी बार्ताका लागि सकारात्मक भएको जनाएको छ ।यसअघि सर्त सहितको पत्र पठाएको भन्दै अस्विकार गरेको माओबादी सरकारले बुधबार पठाएको दोश्रो पत्रमा निसर्त बार्ताको आह्वान गरेपछि सकारात्मक देखिएको हो ।
मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाटै समाधान हुने भन्दै सरकारले नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन पत्राचार गरेको हो । यसअघि साउन ४ गते वार्तामा आउन नेकपा माओवादी नेतृत्वको मोर्चालाई पत्र पठाएको थियो ।सरकारले पठाएको पत्रको जवाफ दिदै नेकपा माओवादीले सर्त सहित बार्तामा बस्न नसक्ने जनाएको थियो । तर बुधबार सरकारका तर्फबाट गृहमन्त्री माधवप्रसाद घिमिरेले पत्र लेखेर मुलुकका समस्या वार्ता, सम्वाद र छलफबाटै गर्न पुन आह्वान गरेपछि माओबादी सकारात्मक देखिएको हो ।
माओबादीले बिज्ञप्ती निकालेर सरकारले निर्सत बार्ताको लागि गरेको आह्वानलाई सकारात्मक रुपमा लिएको जनाएको छ । तर बार्तामा जाने बिषयमा पार्टी र सम्बद्ध मोर्चासंग छलफल गरेर निर्णयमा पुगिने माओबादीले बताएको छ ।सर्त सहित बार्तामा बोलाएको भन्दै माओवादी नेतृत्वको मोर्चाले मंगलबारमात्रै उच्चस्तरिय राजनीतिक समितिसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]