प्रचण्डलाई राष्ट्रपतिको झापड निर्वाचनमा कुनै दल छुट्नु हुँदैन

काठमाण्डौं , १७ साउन।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति डा. रामबरण यादबले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताएका छन् ।राष्ट्रपति यादबले दलहरुबीच भइरहेको छलफलको निष्कर्षका बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गरेका हुन् ।उनले निर्वाचनको विपक्षमा रहेका दलहरुसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गरेका थिए ।जवाफमा प्रचण्डले दलहरुबीच निर्वाचन गर्ने विषयमै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरुसँग पनि विना सर्त वार्ता गर्न सरकारले पत्राचार गरेकाले अव चाँडै निकास निस्कने बताएका थिए ।