निसर्त वार्ताको लागि पत्राचार

काठमाण्डौं, २० साउन, । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी सहितका दलहरुलाई वार्तामा आउन पत्र पठाएको छ ।उच्चस्तरीय राजनीतिक समिति बैठकमो निर्णय अनुसार समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिठी पठाएका हुन् । नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई सम्वोधन गरि आज बिहान पत्र पठाइएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
शनिबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले नेकपा-माओवादी र ऊ सम्वद्ध मोर्चालाई फेरि वार्ताका लागि पत्र पठाउने निर्णय गरेको थियो । सर्त सहितको वार्तामा नजाने भन्दै यसअघि पठाएका दुईवटा पत्र अस्वीकार गरेकाले फेरि विना सर्त वार्ताका लागि पत्र पठाउने निर्णय भएको नेताहरुले बताएका छन् । आज चिठी पठाएपछि सकेसम्म आजैबाट वार्ता सुरु गर्ने समितिको तयारी छ ।