३३ दलिय मोर्चासग भोलि वार्ता हुने

२०७० श्रावण २१ गते, सोमबार

काठमाडौ , २१ साउन – उच्चस्तरीय राजनीतिक समितिको बैठकले भोलि नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चा , उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।भोलि हुने वार्तामा असन्तुष्ट दलहरूले राख्दै आएका सबै मागका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संविधानसभाको आकार बढाउनुपर्ने, दलीय नेतृत्वको सरकारले चुनाव गराउनुपर्नेलगायतका विभिन्न मागहरू असन्तुष्ट दलहरूले राख्दै आएका छन् ।उच्चस्तरीय राजनीतिक समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक पत्र लेखेपछि असन्तुष्ट दलहरू वार्तामा बस्न तयार भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]