बिगतमा गल्ती गरे: प्रचण्ड

पोखरा , २३ साउन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगतमा आफुले गल्ती गरेको स्वीकारेका छन् ।स्थानीय नागरिक अगुवाहरुसँग पोखरामा भएको अन्तक्रियामा प्रचण्डले तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नमान्नु र प्रधानसेनापति रुक्मागंत कटवाललाई सेनापतिबाट हटाउनु आफुले गल्ती रहेको स्वीकार गरे ।प्रचण्डले आफुना यी गल्तीका कारण अहिलदेशमा यथास्थितिबादी शक्त्तीले फाईदा उठाएको बताए ।प्रचण्डले आफुले झै सबै दलले विगतका आ–आफ्ना कमजोरी सच्याउँदै देशलाई समृद्ध पार्नुपर्नेमा जोड दिए ।त्यस्तै उनले आगामी संविधानसभाको चुनावपछि ६ महिनाभित्र नयाँ संविधानको ड्राफ्ट बनाएर एक बर्षभित्र संविधान जारी गर्नुपर्ने बताए ।विवादित बुँदामा मतदान गरेर टुंगो लगाउने र मतदानमा भाग नलिनेलाई संविधान विरोधी भनेर किटान गर्नुपर्ने उनको भनाई थियो ।