वार्तालाई बेवास्ता गरे दुर्घटना : किरण

२०७० श्रावण २५ गते, शुक्रबार

काठमाडौं,२५ साउन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि निर्वाचन असफल पार्ने बताएका छन् ।अध्यक्ष किरणले आफूहरुले वार्ता र संघर्ष एकैसाथ अघि बढाउने बताए । मंसिर ४ को चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न गराउन खोजेको उनको भनाई थियो ।२०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण आफूहरुले १० बर्षे जनयुद्ध गरेको भन्दै किरणले दलहरुले फेरि बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी दिए । उनले सबै पार्टीहरुका बीचमा सहमति भएमा आफूहरु सविधानसभाको चुनावमा सहभागी हुने बताए ।- दिपेन्द्र रावल

प्रतिक्रियाहरु

[anycomment]