कर्मचारी संगठनको अध्यक्षमा पोखरेल

काठमाडौं, २७ साउन । नेकपा-माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा महादीप पोखरेलको अध्यक्षतामा एक सय चार सदस्यीय नयाँ कार्यसमित निर्वाचित भएको छ । नबनिर्वाचित कार्यसमितको जानकारी गराउँदै नव निर्वाचित अध्यक्ष पोखरेलले महाधिवेशनले आफ्नो नेतृत्वमा एक सय चार सदस्यीय नयाँ कार्यसमित बनेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।
महाधिवेशनमा दुइ सय पचास जना प्रतिनिधि तथा पर्यवेक्षेक रहेका थिए । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष मोहन वैद्य किरणले साउन २५ गते लालितपुरका जावलाखेलस्थित प्रशासनिक प्रतिस्ठानमा गरेका थिए ।
नव निर्वाचित राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष महादीप पोखरेलले जारी गरेको प्रेस विज्ञाप्तीको पूर्ण बिबरण यस प्रकार छ – “हाम्रो संगठनको प्रथम महाधिवेशन ललितपुरको जावलाखेलस्थित प्रशासन प्रतिस्ठानमा २०७० साउन २५ र २६ गते दुई दिनसम्म चली सम्पन्न भयो ।
पार्टी अध्यक्ष मोहव वैद्य ‘किरण’ ले उद्घाटन गर्नुभएको उक्त अधिवेशनको बन्द सत्रले विभिन्न प्रस्तावहरु पारित गर्दै महादीप पोखरेलको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको जानकारी गराउदछौं ।
महाधिवेशले पारित गरेका समसामुयीक प्रस्तावहरु :
१. देशमा उच्च राजनीतिक सहमति कायम गरी भयमुक्त वातावरणमा संविधानसभाको चुनाव सम्पन्न गरियोस् ।
२. हरेक राष्ट्रसेवक कर्मचारी आफ्नो कर्मक्षेत्र र सामाजिक जीवनमा समेत देशभक्तिको भावाना र वैदेशिक हस्तक्षेपको विरुद्धको चेतनाबाट उत्प्रेत भएको होस् ।
३. यस अघि हाम्रो संगठनले सरकारसँग राखेका कर्मचारीका सबै पेशागत मागहरु पूरा गरियोस् ।
४. राष्ट्रको कुल वेरुजु १ खरब ३ अरब ९१ करोड ७६ लाख जसमध्ये असुल उपर गर्नुपर्ने वेरुजु ३ अरब ८० करोड असुल गर्नेतर्फ कार्वाही अघि बढाइयोस् र दोषीलाई कार्वाही
गरियोस् ।
५. करार तथा अस्थायी ज्यालादारी कर्मचारीहरुको समस्या समाधान गरियोस् । देशका सबै उत्पीडित तथा आमूल परिवर्तनका पक्षधर सम्पूर्ण कर्मचारीहरुलाई हाम्रो संगठनमा आवद्ध हुन अनुरोध गर्दछौं ।
६. अधिवेशनको क्रममा सहयोग गर्ने सम्पूर्ण कर्मचारीसाथीहरु, पत्रकारहरु लगायतसबैलाई धन्यावाद सहित आभार व्यक्त गर्दछौं ।”