राष्ट्रिय युवा जनस्वयंसेवकका नेता पक्राउ,तत्काल रिहा नगरिए कडा कदम चाल्ने
काठमाडौं,२७ साउन, । नेकपा- माओवादीका राष्ट्रिय युवा जनस्वयंसेवकका सचिवालय सदस्य विजय केसी -विकल्पलाई प्रहरीले पक्राऊ गरेको छ । चुरेभावरका पार्टीका नेता भूमिराज निरौलामाथि कालोमोसो दल्ने प्रयास गरेको आरोपमा केसीलाई शनिबार ललितपुरको धापाखेलबाट पक्राऊ गरिएको हो ।
चुरेभावरका भूमिराज निरौलाले जनस्वयंसेवकका अध्यक्ष उदयबहादुर चलाउनेविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएको विषयमा निरौलासँग छफफल गरेर र्फकनेक्रममा केसीलाई प्रहरीले पक्राउ गरेको चलाउनेले बताएका छन् । केसीलाई तत्काल रिहा नगरिए कडा कदम चाल्ने चलाउनेले वक्तव्यमार्फत चेतावनी दिएका छन् ।
Press Statement – Janaswayamsebak 070-04-27
यस बिषयमा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय अध्यक्ष उदयबहादुर चलाउनेले जारी गरेको प्रेस बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार को छ – ” हिजो साउन २६ गते ललितपुरको धापाखेलबाट हाम्रो संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय सचिवालय सदस्य विजय के.सी.लाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । संगठनका केन्द्रीय अध्यक्ष उदयबहादुर चलाउनेका नाममा चुरेभावर पार्टीका अध्यक्ष भनिने भुमि निरौलाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको जानकारी पश्चात् सो चुरेभावर पार्टीको कुनैपनि तहको कार्यालय नभएकोले सो बारे बुझ्न उहाँलाई पठाइएको थियो । भेटघाट पश्चात् फर्कदै गरेको बेला बाटोबाटै प्रहरीले उहाँलाई गिरफ्तार गरेकोले उक्त घटनाको घोर भत्र्सना गर्दै संगठनका जिम्मेवार नेता बिजय के.सी.को अविलम्व रिहाइका लागि स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं । विषयलाई अतिरञ्जित बनाएर तन्काउने प्रयास भएमा कडा संघर्षमा उत्रन बाध्य हुनुपर्ने कुरालाई समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”