चार दल र सरकारलाई असफल बनाउछौं : गौरब

काठमाडौं ,२७ साउन । नेकपा-माओवादीका अध्यक्ष सिपि गजुरेल गौरबले वर्तमान अवस्थामा गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा सहभागी नहुने भन्दै गर्न खोजिए चार पार्टी र सरकारलाई मंसिर पहिले नै असफल बनाइदिने बताएका छन् ।पार्टी निकटका स्वास्थ्यकर्मीहरुको संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको प्रथम राष्ट्रिय भेलाको काठमाण्डौंमा उद्घाटन गर्दै गौरबले सो कुरा बताएका हुन् । उद्घाटनको क्रममा उहाँले देशलाई असफल राष्ट बनाउन मंसिरमा निर्वाचन गर्न लागिएको आरोप लगाउदै त्यस्तो निर्वाचनमा सहभागी नहुन सम्पूर्ण स्वास्थ्यकर्मीलाई आग्रह समेत गरे ।स्वास्थ्य विभाग टेकुमा पार्टी बिभाजन पछि पहिलो पटक आयोजना गरिएको राष्टिय भेलाले कमल रावलको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।भेलामा देशभरीबाट करिब एक सय प्रतिनिधिको सहभागीत रहेको थियो । अन्य उपाध्यक्ष कविन्द्र विष्ट, कृष्ण घिमिरे, भुपनारायण यादव, मणी प्रधान,महासचिव रामकुमार श्रेष्ठ, सचिव मिनबहादुर बिक,राम कुमार यादव, कोषध्यक्ष सिता पोखरेल सहकोषध्यक्ष भुवन पुरी सदस्यहरुमा बल ब. रावल, नबराज अवस्थी, फैराज तामाङ,नेत्र कटवाल, दर्ुग प्रसाद आचार्य लगायत ४५ सदस्यीय रहेका छन्