निर्णायक वार्ता हुदै

२०७० श्रावण ३० गते, बुधबार

काठमाडौं,३० साउन – उच्चस्तरीय राजनीतिक समितिले आज नेकपा–माओवादी नेतृत्वको मोर्चा, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग समितिले निर्णायक वार्ता गर्न लागेको छ । आज दिउँसो तीनबजे नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग निर्णायक वार्ता गरी मिल्न सक्ने मागलाई सम्बोधन गर्ने तयारी समितिको छ । नेकपा माओवादीका नेता देव गुरुङले दिउँसो तीनबजे समितिसँग वार्ता हुने बताए ।
त्यसपछि भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग समितिले वार्ता गर्ने भएको छ । संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बेलुकी पाँचबजे वार्ताको तयारी भएको बताए ।
नेकपा–माओवादीले वर्तमान चुनावी प्रकृया नै रोक्न माग गरेपछि ऊसँगको वार्ता सकारात्मक नहुने निष्कर्षमा समिति आवद्ध दल पुगेका छन । तर फोरम नेपाल र संघीय समाजवादीसँगको वार्ता भने सहमतिमा पुग्ने सम्भावना बढेको छ ।मंगलबारको वार्तामा समानुपातिक सिटसंख्या, उच्चस्तरीय राजनीतिक समिति निष्क्रिय गर्ने र मतदाता नामावली संकलन गर्ने लगायतका कुरा मिलेकाले आज सहमति हुने सम्भावना रहेको नेताहरुले बताएका छन । सोमवार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले बुधबारसम्ममा वार्ता गरिसक्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]