३३ दलिय मोर्चासग वार्ता हुँदै

२०७० श्रावण ३२ गते, शुक्रबार

काठमाडौं, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चावीच आज वार्ता हुने भएको छ ।हिजो मधेसी मोर्चासँगको वार्ताका कारण स्थगित वार्ता आज हुन लागेको हो । वार्तामा ३३ दलीय माओवादी नेतृत्वको मोर्चाले मंसिर ४ गतेका लागि तय गरिएको चुनावको मिति सानुपर्ने र नयाँ बन्ने संविधानका अन्र्तवस्तुलाई पनि पहिला नै सहमति जुटाउनुपर्ने अडान राख्ने तयारी गरेको छ ।यसअघि भएको वार्तामा चुनावमा सहभागि भए तोकिएको मितिमा तलमाथि गर्न सकिने जानाउ राजनीतिक समितिले दिएपछि हौसिएको मोर्चाले फेरि नयाँ प्रस्ताव ल्याएको हो । उसले पहिला संविधानसभाको चुनावको मिति र सवै प्रक्रिया खारेज गर्नुपर्ने अडान राख्दै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]