चुनाव नाटक हो, धोका हो: प्रकाण्ड

२०७० श्रावण ३२ गते, शुक्रबार

संखुवासभा, ३२ साउन- नेकपा-माओवादी संखुवासभाले दोस्रो संविधानसभा चुनावलाई औचित्यहिन भएको दावी गर्दै सशक्त रुपमा निर्वाचन बहिस्कार आन्दोलनको उद्घाटन गरेको छ। सो कार्यक्रमको उद्घाटन माओवादी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संखुवासभा जिल्ला सदरमुकाम खाँदवारीमा एक सभाको बीचमा गरे । उनले सोही कार्यक्रमको उद्घाटन गर्दै भने, ‘प्रचण्ड, सुशिल कोइराला र झलनाथजीहरुले नेपाली जनता र नेपाललाई धोका दिएर नयाँ दलाल बन्ने कोशिस नगरि दिए हुन्थ्यो ।’ तर ती नेताहरु जनताको हक अधिकारविरुद्ध उभिन हौसिएकोमा आर्श्चर्य प्रकट गर्दै उनले भने, ‘यो चुनावलाई ध्वस्त पार्नै पर्छ, नत्र यिनका कारण इतिहासलाई माथ गर्ने गरी धोका पाइनेवाला छ ।

”प्रकाण्डको विचारमा यो चुनाव नाटक हो, धोका हो ।आफुलाई आफै ठूला दलको दावी गर्ने दलहरुलाई सामान्य लोकतान्त्रिक मान्यताविरोधी अभियानमा लागेकोले चुनौति दिदै नेता प्रकाण्डले निर्वाचनको आचार संहिताको नाममा सरकारी दमन गरिन्छ भने त्यसका विरुद्ध आफुहरुले पनि संविधानसभाको चुनाव ध्वस्त पार्ने आचारसंहिता ल्याएको दावी पनि गरे ।उनले आफुहरु वार्ताबाट निकास निस्कोस् भन्ने चाहेको बताउँदै चार नयाँ प्रस्ताव अगाडि सारे । नेता प्रकाण्डका अनुसार घोषित चुनाव रोक्नु पर्दछ ।नयाँ सहमति गर्न तयार हुन पर्छ । राजनीतिक निकास निकाल्न राष्ट्रिय परामर्श सम्मेलन गर्न तयार हुनुपर्छ र एक पटक पुनः संविधानसभा विघटनको समिक्षा गर्न तयार हुनु पर्दछ ।अहिलेको संर्घष दलाल नोकरशाह र श्रमजीवी जनताबीच भएको चर्चा गर्दै नेपालको प्रशासन र सुरक्षा निकायले नेपाली जनतालाई साथ दिई त्यस्ता दलालहरुलाई पक्रने बेला आएको पनि प्रकाण्डले दावी गरे । माओवादी कुनै पनि हालतमा नयाँ दलाल नहुने चर्चा गर्दै उनलेे भने, ‘हामी स्वाधिनताको लागि वलिदान दिन तयार छौ ।’ देशले स्वाधिनता र उन्मुती पाउने बेला पराधिनता स्वीकार गर्न सकिदैन । नेता प्रकाण्डले प्रचण्ड संसदीय दलको नेता भएकाले उनलाई चुनावमा जित्छु भन्ने आँट भए रोल्पाको थवाङ, रुकुमको चुनवाङ, जाजरकोटको जुनी,कालिकोटको मालकोट र पर्ूव भोजपुरबाट लड्न चुनौति दिए । प्रकाण्डले तर्क गरे, ‘भारतीय प्रभुहरुका भरमा मधेशबाट लड्ने बताउँदा प्रचण्डजीलाई लाज लाग्दैन ?

प्रतिक्रियाहरु

[anycomment]