सरकार र ३३ दलिय मोर्चा बिच आजपनि बार्ता हुने

काठमाण्डौं, २ भर्दौ। सरकारर नेकपा-माओवादीसहितका ३३ दलिय मोर्चाबीच आजपनि वार्ता हुने भएको छ ।आज दिउँसो शान्ति कोषको सचिवालय बबरमहलमा हुने वार्तामा यसअघि भएको छलफललाई आधार बनाएर कुराकानी हुनेछ ।यसअघि भएका २५ र ११ बुँदे सहमतिको संसोधन, समानुपातिक सिट संख्या लगायतका विषयमा पनि आज छलफल हुनेछ । राष्ट्रिय सहमतिका साथ चुनावमा जान सरकार सकारात्मक रहेकाले आज सहमतिको आधार खोजिने नेकपा-माओवादीका सचिव देबप्रसाद गुरुङले बताए । मोर्चातर्फबाट राखेका मागहरुबारे आज सबै विषयमा छलफल हुने गुरुङको भनाई छ ।
नयाँ सरकार गठन र खिलराज रेग्मीको राजीनामा बारेको माग असन्तुष्ट दलहरुले कायमै राखेका छन् । सरकारले भने रेग्मीको राजीनामा र चुनाव सार्ने वाहेकका विषयमा मात्रै वार्ता गर्ने बताइरहेको छ ।