१८ बुँदे माग पुरा गरिए चुनाब हुन्छ : गौरव

जनकपुर,३ भदौ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरवले आफुहरुको माग पुरा गरेपनि मंसिर ४ गते चुनाब हुन नसक्ने बताएका छन ।
आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा उनले मोर्चाले राखेको १८ बुँदे माग पुरा गरिए चुनावको मिति पनि सार्नुपर्ने भएकाले मंसिर ४ चुनाव नहुने निश्चित रहेको बताए ।सरकारले जवरजस्ती बल प्रयोग गरी चुनाव गराउने प्रयास गरे मुलुकमा ठुलो द्वन्द्व हुने उनको दावी छ । चुनाव हुने नहुने चार दल तथा सरकारमा निर्भर भएको र चुनाव गराउनका लागि मिति सार्नुपर्ने र आफुहरुले राखेको माग पुरा गर्नुपर्ने गजुरेलले बताए ।आफुहरु चुनावको बिरोधी नरहेको र यथस्थितिमा चुनाव गराएर मुलुकलाई सिक्किमिकरण र भुटानीकरण गर्न खोजिएकोले चुनाव बहिष्कार गर्नु बाध्यता रहेको उनको भनाई थियो ।