माओवादी मोर्चा र सरकारबीचको वार्ता निष्कर्षहिन

काठमाडौँ, ३ भदौ । नेकपा—माओवादी नेतृत्वको मोर्चा र सरकारबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।करिब ३ घण्टा चलेका छलफलमा चुनाव सार्ने विषयमा कुरा नमिलेपछि वार्ता विना निष्कर्ष सकिएको माओवादी सचिव देव गुरुङले जानकारी दिए । वार्तामा सरकारले मंसिर ४ मै चुनाव हुनु पर्ने अडान राखेपछि मोर्चाका सहभागि दलहरुले वार्ताको औचित्य सकिएको भन्दै आपत्ति जनाएका थिए ।तर, सरकारी टोलीका संयोजक गृहमन्त्री माधवप्रसाद घिमिरेले चुनाव सार्नै नहुने आफूहरुको बटमलाईन नरहेको प्रष्टिकरण दिएका थिए । वार्ता सकारात्मक नभएपछि छलफललाई निरन्तरता दिने सहमति भएको गुरुङले जानकारी दिए ।