३३ दलिय मोर्चाको बैठक बस्दै

२०७० भाद्र ४ गते, मंगलवार

काठमाडौं, ४ भदौ । नेकपा-माओवादी नेतृत्वको३३ दलिय मोर्चाको बैठक आज बस्दैछ । नेकपा-माओवादीको पार्टी कार्यलय बुद्धनगरमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा सरकार र उच्चस्तरिय राजनीतिक समितिसँग भएको बार्ताका बिषयमा छलफल हुने बताइएको छ ।साथै बैठकले मोर्चाको आगामी रणनीति पनि तय गर्नेछ । मोर्चाले हिजो सरकारसँग भएको वार्तामा राजनीतिक निकाशका लागि निर्वाचन प्रक्रिया स्थगन गरी गोलमेच सम्मेलनमा जानुपर्ने माग राखेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]