वार्ता र आन्दोलन सँगसँगै : ३३ दलीय मोर्चा

२०७० भाद्र ४ गते, मंगलवार

काठमाडौँ, ४ भदौ । आन्दोलनरत तेत्तीस दलीय मोर्चाको बैठकले वार्ता प्रक्रिया र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले सरकारसँग हिजो वार्तामा सरकार नकारात्मकरुपमा प्रस्तुत भएको ठहर गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।आजको बैठकमा सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको क्रममा भएको प्रगति र छलफलबारे वार्तामा सहभागीले जानकारी गराएका थिए ।
बैठकमा आएको सुझावको आधारमा केही दिनमै ३३ दलीय मोर्चाको कार्यदलको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएकोबताइएको छ । ।बैठकले सरकार र उच्चस्तरीय समितिसँगको वार्तालाई निरन्तरता दिने र मोर्चाको तर्फबाट एकतर्फीरुपमा वार्ता भङ्गको घोषणा नगर्ने ठहर गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]