उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चाबीच वार्ता हुदै

२०७० भाद्र ६ गते, बिहीबार

काठमाडौं ,६ भदौ । नेकपा-माओवादीसहित ३३ दलको मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच आज पुन वार्ता हुदै छ । विभिन्न माग राखेर घोषित निर्वाचनमा सहभागी नहुने घोषणा गरेका ३३ दलहरुको मागका विषयमा आजको वार्तामा छलफल हुनेछ । नेकपा-माओवादीसहित ३३ दलले मंसिर ४ को चुनावी प्रक्रिया स्थगित गर्नु पर्ने, २५ बुँदे बाधा अड्काउ तथा राजनीतिक समितिको खारेजी, गोलमेच सम्मेलन गरी राष्ट्रिय सहमति कायम गरी नयाँ सरकार गठन गर्नुपर्ने लगायतको माग राखेको छ ।
‘गोलमेच सम्मेलनलाई बटम लाइन बनाएर वार्तामा बस्छौं’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भने । ३३ दलीय मोर्चासँग र सरकारले पनि वार्ता गरिरहेको छ । तर,३३ दलीय मेार्चाले वार्ता प्रक्रिया अघि बढाउन मंसिर ४ को चुनावी प्रक्रिया स्थगित गर्नु पर्ने माग गरेको छ । उच्चस्तरीय राजनीतिक समिति र ३३ दलिय मोर्चाको वार्ता बिहान ९ बजेपछि समितिको कार्यालय नयाँ बानेश्वरमा बस्नेछ ।उच्चस्तरीय राजनीतिक समितिले आजै साँझ अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्ता गर्दैछ । वार्ता साँझ ६ बजेपछि हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]