गोलमेच सम्मेलन हुने

२०७० भाद्र ६ गते, बिहीबार

काठमाडौँ, ६ भदौ । उच्चस्तरीय राजनीतिक समिति र आन्दोलनरत नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्ने विषयमा सहमति भएको छ । समितिको कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा सम्मेलनका प्रक्रियाका बारेमा दुई दिनभित्र गृहकार्य गरिने माओवादीका अध्यक्ष मोहन वैद्य किरणले बताए ।साथै उनले बिबादीत बिषय सबै गोलमेच सम्मेलनबाटै टुंग्याइने सहमति भएको बताए । गोलमेच सम्मेलन गर्ने विषयमा आज सहमति जुटेपछि आगामी मंसिर ४ मा गर्ने भनिएको निर्वाचन नहुने भन्ने बिषयमा बल पुगेको छ । वार्तामा नेकपा माओवादी नेतृत्वको मोर्चाले राखेको १८ बुदे माग स्थगन गरी गोलमेच सम्मेलन नै गर्नुपर्ने नयाँ माग राखेपछि समिति गोलमेच सम्मेलन गर्न तयार भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]