गोलमेच सम्मेलनमा निकास खोज्छौ : प्रकाण्ड

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौ , ७ भदौ- नेकपा- माओबादी गोलमेच सम्मेलन मार्फत बर्तमान समस्याको निकास खोज्न प्रतिबद्ध भएको उक्त पार्टीका नेता प्रकाण्डले बताएका छन l नेता प्रकाण्डले आज बिहान रेडियो मिर्मिरेसग कुरा गर्दै उक्त कुरा बताएका हुन् l नेता प्रकाण्डले माओबादी मङ्सिर ४ को निर्वाचनमा कुनै पनि हालतमा सह भागि नहुने बताउदै जनसंबिधान बन्ने ग्यारेन्टी नभएसम्म चुनाबको कुरा गर्नुको कुनै औचित्य नभएको बताएका छन् l उनले माओबादी पार्टी मोर्चा बनाएर चुनाबमा जादै छ भन्ने कुरा सोझै अस्विकार गर्दै उक्त हल्ला पार्टी बिरोधि देशी बिदेशी प्रतिक्रियाबादीहरुले चलाएको ठोकुवा गरे l पार्टीको पोखराको केन्द्रिय बैठाकले लिएको निर्णय नै आधिकारिक भएको भन्दै पार्टी त्यसवाट दायाबाया नहुने उनले स्पस्ट पारे l

प्रतिक्रियाहरु

[anycomment]