मुलुकमा नयाँ अध्यायको सुरुवात भयो: किरण

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौँ, ७ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गोलमेच सम्मेलन गर्ने सहमतिसँगै मुलुकमा नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।माओवादी पार्टी कार्यालय बुद्धनगरमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष किरणले गोलमेचको सहमतिसँगै पुरानो प्रक्रियाको अन्त्य भई नयाँ प्रक्रिया सुरुवात भएको बताय ।उनले भने “हिजोको सहमतिसँगै नयाँ अध्यायको सुरुवात भयो, उहाँहरू पनि फेरि पुरानै अध्यायमा रहेर सरकार परिवर्तन हुन्न, निर्वाचनको मिति सार्न सकिन्न भन्नु हुन्न होला ।”
किरणले यही सरकार र यथास्थितिमा कुनै सम्झौता नहुने प्रष्ट पार्दै गोलमेच सम्मेलनबाटै सबै समस्याको समाधान निकालिने टिप्पणी गre ।अध्यक्ष किरणले वार्ताबाट कुनै पक्ष भाग्न नपाउने बताउँदै वार्ताबाटै सकारात्मक निष्कर्ष निकालेर राष्ट्रिय सहमति कायम गरिनु पर्ने बताए।
गोलमेचको प्रक्रियाबारे दलहरूबीच छलफल गरी सहमति कायम गरिने र सोही गोलमेचमै आफ्नो पार्टी र मोर्चाले राखेको १८ बुँदे मागबारे साझा धारणा तय गरिने जानकारी दिय ।सङ्क्रमणकालमा सबै दल र सबै पक्षसँग सहमति कायम गरी मुलुक अगाडि बढ्नुपर्नेमा चार दलको एकाधिकार कायम गरी अगाडि बढ्न खोज्दा अहिलेको समस्या आएको किरणको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]