अदृस्य सक्तिको आडमा गोलमेच सम्मेलन भंग : प्रकाण्ड
काठमाडौ, ८ भदौ – नेकपा – माओबादीका नेता प्रकाण्डले मङ्सिर ४ मा गर्ने भनिएको चुनाब रास्ट्र र जनताको हित बिपरित हुन् लागेको बताएका छन् l अखिल नेपाल क्रान्तिकारी रिक्सा मजदुर संघको प्रथम रास्ट्रीय भेलाको उद्धघाटन गर्दै नेता प्रकाण्डले सो कुरा बताएका हुन् lनेता प्रकाण्डले मजदुरलाइ राज्य र पुजीपति वर्गले तल्लो दर्जाको नागरिकमा दर्ज गरेको बताउदै त्यस बिरुद्ध सम्पूर्ण मजदुर एक जुट भएर लाग्नु पर्नेमा जोड दिए lसोहि कार्यक्रममा नेता प्रकाण्डले चार दलले कुनै अदृस्य सक्तिको आडमा गोलमेच सम्मेलन भंग गरेको भन्दै मङ्सिर ४ को चुनाबलाइ असफल बनाउन सम्पूर्ण मजदुर एक जुट भएर प्रस्तुत हुनुपर्ने बताए lउक्त कार्यक्रममा एमाओबादी रिक्सा मञ्जुर संगठनका आधा दर्जन नेताहरु एमाओबादीले आम शोसित पिडित र मजदुरको हित बिरुद्ध जान थालेको भन्दै माओबादीमा प्रबेस गरेका थिए l