चार दल फेरि वार्ता सुरु गर्ने कसरतमा

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौ, ९ भदौ । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच वार्ता भंग भएपनि फेरि सहमतिको प्रयास थाल्ने नेताहरुले बताएका छन् ।मंसिर चारगतेको संविधानसभा चुनावलाई सफल पार्ने गरी फेरि सहमतिको प्रयास गरिने समिति पक्षका नेताहरुको भनाइ छ । तर, नेकपा –माओवादीको मोर्चाले पहिला चुनावको मिति स्थगन गर्नुपर्ने अडान राखेको छ ।हिजो भएको वार्ता एकाएक भंग भएपछि छुट्टिए लगत्तै नेकपा–माओवादीले पत्रकार सम्मेलन गरेर निर्णयमा पुन?विचार गर्न राजनीतिक समितिलाई आग्रह गरेको थियो ।
माओवादीले मागहरु थप्दै जाँदा समस्या उत्पन्न भएको निष्कर्षमा पुगेको राजनीतिक समितिका नेताहरु अब अन्तिम पटक वार्ताको प्रयास गर्ने विषयमा आन्तरिक छलफल गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।अबपनि सहमति नजुटे मंसिर ४ को चुनावलाई कसैले रोक्न नसक्ने अडान पनि राजनीतिक समितिको छ ।
यसैबीच, नेकपा माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चासँगको वार्ता विफल भएपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसंग भैरहेको वार्ता पनि अन्यौलमा परेको छ । सर्र्वदलीय सम्मेलन मार्फत समस्या समाधान गर्नुपर्ने समाजवादीको मागबारे चार दलीय समितिले खासै चासो नदिएको संघीय समाजवादी पार्टीका नेताहरुले बताएका छन् ।गत बिहीबार भएको चार दल र समाजवादीबीचको वार्तामा सर्वदलीय सम्मेलनमार्फत समस्या समाधान गर्ने सहमति भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]